FAQs Complain Problems

जीवित रहेको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२. स्वयम् ब्यक्ति उपस्थित हुनु पर्ने
३. दुई प्रति पासपोर्ट साइजको फोटो
४. चालु आ.व. सम्मको मालपोत र घरजग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजपत्र

प्रक्रिया: 

१. निवेदन सहित तोलिएको कागजातहरु पेश गर्ने
२. वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यक अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५. निवेदकले तोकिएको शुल्क बुझाउने
६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने