FAQs Complain Problems

मुड्केचुला गाउँपालिकाको संक्षिप्त परिचय

मुड्केचुला गाउँपालिका  कर्णाली प्रदेश  को कर्णाली अञ्चलको डोल्पा जिल्लाको ६ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये एक गाउँपालिका हो । यस गाउँपालिका अन्तर्गत साविकको कालिका,ईला,नर्कु,सर्मी,होर्ता,ओक्टा गाविसहरु पर्छ । यस गाउँपालिकालाई हाल ९ वटा वडामा विभाजन गरिएको छ जस मध्ये कालिकालाई तिन(१,२,३),नर्कुलाई तिन(४,५,६) र सर्मी लाई तिन(७.८,९) भागमा विभाजन गरिएको छ । यस गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय नर्कु मा रहेको छ । नेपालको जनगणना २०६८ अनुसार यस गाउँपालिकामा ५१६५ जनसंख्या रहेको छ जस मध्ये २६३२ पुरुष र २५३३ महिला रहेका छन् । यस गाउँपालिकाको जम्मा  जम्मा क्षेत्रफल २५०.०८ ( वर्ग कि.मी.) रहेको छ ।